Breaking News

चितवन ट्राफिक प्रहरी कार्यालयको शिलान्यास, २२ वर्षदेखि भाडाको घरमा बस्नुपर्ने बाध्यता हट्ने आशा

Banner

चितवन, जेठ ८-

जिल्ला ट्राफिक चितवनको आज भरतपुरमा कार्यालय भवन शिलान्यास गरिएको छ ।

चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले सो कार्यालय भवनको आज शिलान्यास गरेका हुन् । जिल्ला प्रहरी कार्यालयपरिसरमा बन्ने यो भवन सुरुमा ६ कोठाको हुनेछ ।

जिल्ला प्रहरी प्रमुख अधिकारीले नारायणी अनलाइनलाई भने, ‘ जिल्ला ट्राफिक प्रहरी कार्यालय बनाउने भनेर जग्गा खोज्दा कही नभेटेपछि जिल्ला प्रहरी कार्यालयको पछाडि पट्टी ६ कोठाको कार्यालय भवन बनाउने गरी शिलान्यास गरेको हो । बजेट अभावले अहिले तत्काल डीपीसी मात्र गर्ने तयारी छ ।’ उनले पर्याप्त साधनस्रोतको अभावले ट्राफिक प्रहरीलाई समस्या परेको बताए ।

काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्ने भए पनि चितवन ट्राफिक प्रहरी कार्यालय विगत २२ वर्षदेखि भाडाको घरमा बस्दै आएको थियो । चितवन सबैभन्दा धेरै मुख्य राजमार्ग भएको क्षेत्र भएकोले पनि ट्राफिक प्रहरीको जिम्मेवारी धेरै छ । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ दैनिक हजारौँ सवारी साधनको चाप हुन्छ । जिल्लाका अधिकांश भित्री सडक कालोपत्रे भएका कारण पनि यहाँ तीव्रगतिका कारण दुर्घटना हुने गरेको छ ।

आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले नारायणी अनलाइलाई गुनासो गरे । उनले भने, ‘ बत्ती, ट्वाइलेटको पर्याप्त व्यवस्था छैन । जिल्लाभरबाट कारबाहीका लागि पक्राउ गरेर ल्याएका सवारीलाई कार्यालयकै अभावमा स्वयम ट्राफिकले नै सडकमा पार्किङ गर्नुपर्ने बाध्यता छ । ’ उनले नयाँ भवनको शिलान्यासले गर्दा २२ वर्षदेखि भाडाको घरमा बस्नुपर्ने बाध्यता हट्ने आशा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>