चितवन विशेष

भरतपुर अस्पताललाई १० लाख बढी मूल्यका ६० वटा सिलिण्डर सहयोग

Banner

चितवन, जेठ ४-

कोरोनाको उपचारमा अक्सिजनन अभाव भएपछि चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई १० लाख ७५ हजार रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजन सहितको सिलिण्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराइएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उनले बताए ।

संस्थाले आज थप २० वटा सिलिण्डर हस्तान्तरण गरेसँगै अस्पताललाई दिइएको संख्या ६० पुगेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो । सो अवसरमा तिवारीले अस्पताललाई अत्यावश्यक पर्ने सिलिण्डर हस्तान्तरण गरेकोमा अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिए ।

घिमिरेका अनुसार त्यहाँ रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । उनीहरुले यस अघिका विपत्तीहरुमा पनि नेपालमा तत्काल आवश्य वस्तुहरु खरिद गरी सहयोग गर्दै आएका थिए ।

समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>