चितवन विशेष

युवा पत्रकार काफ्ले माडीमा नगदसहित सम्मानित

Banner

चितवन, असार २६–

माडी नगरपालिकाले युवा पत्रकार विप्लव काफ्लेलाई सम्मान गरेको छ ।

माडीका सकारात्मक सूचना एवंम् समाचार सम्प्रेशणमा खेलेको भूमिकाको कदर गर्दै तेस्रो नगर सभाको समापन कार्यक्रममा उनलाई नगद सहित सम्मान गरिएको हो । प्रदेश सांसद रामलाल महतो, नगर प्रमुख ठाकुरप्रसाद ढकाल र उपप्रमुख ताराकुमारी काजी महतोले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

पत्रकार काफ्ले ०६५ सालदेखि पत्रकारितमा क्रियाशिल छन् । उनी कायाकैरन दैनिकका समाचार सम्पादक तथा कारोबार राष्ट्रिय आर्थिक दैनिकका चितवन संवाददाता हुन् । उनी विगतमा रेडियो त्रिवेणी, युनिक च्यानल, क्रिष्टल टेलिभिजन, अभियान टेलिभिजन, लोकतन्त्र सन्देश, चितवन खबर, रेडियो नारायणीमा समेत समाचार शाखामा काम गर्थे । माडीका सम्भावना र चूनौतीबारे निरन्तर कलम चलाउँदै आएका छन् ।

प्राप्त गरेको नगद १० हजारमा २ हजार थप गरि उनले नगर शिक्षा कोषलाई आर्थिक सहयोग गरेका छन् । माडी नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाउन सहयोग गर्ने गरी स्थापना भएको कोषमा हालसम्म १ लाख ५० हजार जम्मा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>