क्रिकेट

विश्वकप क्रिकेटः अष्ट्रेलियाले दियो इङल्याण्डसामु २२४ रनको लक्ष्य

Banner

काठमाडौं, असार २६–

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत जारी दोस्रो सेमिफाइनलको खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इङल्याण्डसामु २२४ रनको सामान्य लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै जोड्न सक्यो । खराब सुरुवात गरेको अष्ट्रेलियाको पारी स्टिभ स्मिथ र एलेक्स केरी सम्महालेका थिए । यी दुईले १०३ रनको शतकिय साझेदारी गरेका थिए । स्मिथ ८५ रन बनाएर आउट भए भने केरी ४६ रनमा आउट भए । अष्ट्रेलियाले १३ रनकै अवस्थामा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । ओपनर डेविड वार्नर ९ र कप्तान एरोन फिन्च खाता नखोल्दै आउट भए भने ह्याण्डसकव ४ रनमै आउट भए । महत्वपूर्ण तीन विकेट गुमाएपछि अष्ट्रेलिया पूर्ण रुपमा दवाबमा परेको थियो ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२ रन बनाए । इङल्याण्डका लागि क्रिस वोक्स र आदिल राशिदले समान ३/३ विकेट लिए भने जोफ्रा आर्चरले २ र वुडले एक विकेट लिए । आजको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>