चितवन विशेष

खुसीको खबरः रंगशाला निर्माणका लागि धुर्मस सुन्तली चितवन फर्कने

Banner

चितवन,असार २५-

धुर्मस–सुन्तली फाउण्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम यथाशक्य छिटो अघि बढाउने बताएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले रंगशाला बनाउने योजनामा फाउण्डेशन विचलित नभएको बताउनुभयो । फाउण्डेशनले रामपुरमा बन्द रहेको साइट कार्यालय खोल्ने र शिलान्यास अघि गर्नुपर्ने बाँकी कामहरु गर्ने बताएको छ । डीपीआरको काम भइरहेको र आगामी भदौभित्र रंगशालाको शिलान्यास गर्ने तयारी भइरहेको धुर्मसले बताउनुभयो । उहाँले अझै रंगशाला निर्माणका लागि उपयुक्त वातावरण बनाउन जिल्लाबासीसंग आग्रह गर्नुभयो ।

यसैविच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत धुर्मुस सुन्तली फाउन्डेसनलाई पूर्वयोजना अनुसार क्रिकेट रंगशाला निर्माण सुचारु गर्न आह्वान गरेका छन् । स्थानीयबासीको एउटा समूहले निर्माणस्थलमा लगाएको बारमा डोजर लगाएपछि उत्पन्न विवाद मिलिसकेको छ । तर, अहिलेसम्म गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिइरहेको छ । डोजर चलेको दुई दिनपछि धुर्मस–सुन्तली फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै साइड अफिस बन्द गरेर काम रोकेको थियो ।

डोजर लगाएको आरोपमा पक्राउ परेकाहरु छुटिसकेका छन् । स्थानीयबासीले रंगशाला निर्माणका लागि सहयोग गर्ने र आगामी दिनमा यस्ता काम नगर्ने प्रतिवद्धता जनाइसकेका छन् । तर, स्थगित गरिएको निर्माणको काम अझै अगाडि बढेको छैन । यसै सन्दर्भमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीको संयोजकत्वमा बनेको मूल समितिले कार्य पूर्वयोजना अनुसार काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई आह्वान गरेको हो । जिल्लामा वातावरण सहज बनेको र आवश्यक सम्पूर्ण सहयोग गर्न सबै तयार रहेको बताएका छन् ।

सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर ५००१ सदस्यीय गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवन गठन गर्ने निर्णय भएको छ । आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने सहमति पनि छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरले ६ करोड ४५ लाख र प्रदेश नम्वर तीन सरकारले ५ करोड रकम विनियोजन गरेको छ । चितवनका विभिन्न संघसंस्थाले सहयोगको घोषणा गरेका छन् तर, रकम उठ्न बाँकी नै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>