स्वास्थ्य

गर्मीमा के गर्ने के नगर्ने ? थाहा पाइराख्नुस् २२ शुत्र

Banner

चितवन,जेठ ३२-

अहिले गर्मीले देशका अधिकाँस स्थानमा जनजीवन प्रभावित भएको छ । तराइमा मात्र होइन पहाडी इलाकामा समेत गर्मी अत्याधिक बढेको छ । यहाँ गर्मीको समयमा गर्न हुने र नहुने २२ कुराको चर्चा गरिएको छ । यी शुत्र डा रविन्द्र समीरका हुन् । हामीले उपयोगी लागेर यी शुत्र उनको फेसबुकबाट साभार गरेका छौं ।

अहिले प्रकृति हाम्रो प्रतिकुल छ ! कहिल्यै नभएको गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् ! गर्मीमा स्वास्थ्य रक्षा गर्न निम्न लिखित समीर थेरापी यहाँहरुलाई उपयोगी हुनेछ !

१. धेरै मात्रामा पानी उमालेर बोतल वा भाँडामा राख्नुहोस ! माटोको भाँडामा राखेमा सर्बोत्तम ! प्रत्येक घण्टा दुई गिलास पानी पिउनुहोस ! काममा जाँदा पानी लिएर जानुहोस ! पिशाब जति सेतो वा पानीजस्तो हुन्छ,त्यति नै स्वास्थ्य राम्रो हुन्छ !

२.कोल्ड ड्रिंक्स नखानुहोला ! कोल्ड ड्रिंक्सले शरीरमा झन् डीहाइड्रेसन् बढाउँछ ! अर्थात पानीको मात्रा घटाउँछ !

३.दही, मही, लस्सी, बेल वा घ्युकुमारीको सर्वत पाएसम्म सेवन गर्नुहोस !

४.काँक्रो, खर्बुजा लगायत पानीको मात्रा धेरै हुने फलफुल,सागपात खानुहोस ! मासुको मात्रा कम गर्नुहोस !

५. चिउरा,दाल्मोड़,जंक फुड आदिको सेवन नगर्नुहोस !

६.मदिराको सेवन नगर्नुहोस ! गर्नै परेमा बियर मात्र बढीमा! बोतल खाँदा कम हानि हुन्छ ! सकभर बियर पनि नखानुहोस !

७.ताजा र घरकै खाना खानुहोस!

८.सकभर बिहान र बेलुका काम गरेर दिउँसो आराम गर्नुहोस !

९.लामो सास शरीर भित्र लिने र सबै सास रित्तो हुनेगरी फेर्नुहोस ! सित्कारी प्राणायाम लाभकारी हुन्छ !

१०.बाहिर निस्कदा हल्का कटनको कपडा,स्क्रिन लोसन,सन् ग्लास (कालो चस्मा) लगाउनुहोस!

११.पसिना आउन्जेल ब्यायाम गरेर नुहाउनुहोस् ! काम वा ब्यायाम गर्दा पानीको मात्रा कमि नहोस !

१३.झोलिलो खाना खानुहोस !

१४.मसलादार खाना नखानुहोस!

१५.राति छिटो सुत्नुहोस,बिहान सबेरै उठ्नुहोस!

१६.छालालाई ताप र एलार्जिबाट रक्षा गर्न खुकुलो लाम्बाहुले कपडा लगाउनुहोस!

१७.बालबालिका,गर्भवती,सुत्केरी,जेष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे नपुगेको ख्याल गर्नुहोस !

१८. सम्भब भएमा पौडी खेल्नुहोस !

१९. शरीरका कोमल अंगहरुलाई बिशेष ख्याल गर्नुहोस ! लिप केयर,आँखामा सुख्खा नहुने थोपा (चिकित्सकको सल्लाह बमोजिम) प्रयोग गर्नुहोस !
२०.सबैभन्दा ठूलो कुरा फुड प्वाइजनिंगबाट बच्न सरसफाइमा ध्यान दिनुहोस् !

२१. लामखुट्टे,सर्प आदिबाट होसियार रहनुहोस !

२२.छालामा काँक्रो, गोलभेडा, घ्युकुमारी, पाउडर, बोडी लोसन आदिले एलर्जीबाट बचाउनुको साथै छालालाई रक्षा गर्दछ !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>