चितवन विशेष

संघीय गणतन्त्र स्थापनामा स्वर्गीय पौडेलको महत्वपूर्ण योगदानः गृहमन्त्री थापा

Banner

चितवन, जेठ ३१–

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संघीय गणतन्त्र स्थापनामा स्वर्गीय पूर्व शिक्षा मन्त्री धनीराम (डीआर पौडेल)को महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आज भरतपुर विमानस्थलमा नारायणी अनलाईनसंग कुरा गर्दै मन्त्री थापाले भने–‘देशका विभिन्न भागमा भएको कम्युनिष्ष्ट आन्दोलन र पञ्चायतको विरुद्धको संघर्षको नेतृत्व पौडेलले गर्नुभयो, संघीय गणतन्त्र स्थापनमा उहाँको महत्वपूर्ण योगदान छ ।’ संघीय सरकारमा शिक्षा मन्त्री हुँदा शिक्षामा पनि पौडेलको महत्वपूर्ण योगदान रहेको मन्त्री थापाले स्मरण गरे ।

आज विहान आफ्नै निवास माडीमा हृदयघातका कारण निधन भएका पूर्व मन्त्री पौडेललाई सम्झदै मन्त्री थापाले भने–‘नेपाल कम्युनिष्ट आन्दोलनका होनाहार प्रतिभा र नेता हुनुहुन्थ्यो, कम्युनिष्ट आन्दोलनमा उहाँको ठूलो योगदान रहेको छ ।’

मन्त्री थापाले पूर्वमन्त्री पौडेलको निधनले सिंगो पाटीृ नै स्तब्ध भएको बताए । उनले स्वर्गीय पूर्वमन्त्री पौडेलप्रति श्रद्धाञ्जली अर्पण समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>