अन्तर्वार्ता

संघर्ष गर्न सक्नु हुन्छ भने मात्र जापान जाने सोँच बनाउनुहोस्ः दीपक चन्द्र भट्टराई

Banner

पछिल्लो समय शिक्षा आर्जन गर्ने उदेश्यका साथ नेपालबाट विभिन्न मुलुकमा नेपाली विद्यार्थीहरु जाने क्रम बढ्दो छ । मूख्य शैक्षिक गन्तव्य मानिएको अष्ट्रेलीया पछिको गन्तव्यको रुपमा नेपाली विद्यार्थीहरुको रोजाईमा एशियाली मुलुक जापान रहेको छ । अध्ययनको लागि अन्य मुलुकसंगै जापान जाने विद्यार्थीको संख्या पनि बढ्दै गएको देखिन्छ ।

वैदेशिक उच्च शिक्षाको लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई आवश्यक परामर्श र भिजा प्रक्रियामा सहयोग गर्ने उदेश्यले चितवनमा दर्जनौ शैक्षिक परामर्श संस्था क्रियाशिल छन् । कतिपय संस्थाहरुले आम्दानीलाई मुख्य उदेश्य वनाउँदा गुणस्तरीय सेवा दिन सकेका छैनन् भने कतिपयले आम्दानी भन्दा पनि गुणस्तरीय सेवामा ध्यान दिने गरेको पाइन्छ । वैदेशिक उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको संस्थाहरु मध्ये निप्पोन एजुकेशनल सेन्टर पनि एक हो ।

जापानिज भाषा र परामर्श दिने यस संस्थाको मुख्य कार्यालय शहिदचोक नारायणगढमा रहेको छ । स्थापनाकाल देखी नै जापानिज भाषा पढाउने, परामर्श दिने, विद्यार्थीलाई जापान पठाउने, जापानको संस्कृती बारे जानकारी गराउने, जापानको नियम कानुन बारे विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । जापानको अध्यायनलाई केन्द्रित गरेर जापानको अवसर र चुनौतीका वारेमा जापानवाटै उच्च शिक्षा अध्यायन पुरा गरि आउनु भएका निप्पोन एजुकेशनल सेन्टरका प्रवन्ध निर्देशक दिपकचन्द्र भट्टराईसंग गरिएको कुराकानीः

१) निप्पोन एजुकेशनल सेन्टर कस्तो संस्था हो ?

–निप्पोन एजुकेशनल सेन्टर बिगत नौ वर्षदेखि जापान जान चाहाने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको संस्था हो । निप्पोन एजुकेशनल सेन्टर उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई भरपर्दो माध्यमको रुपमा छाप छोड्न सफल छ । गुणस्तरीय भाषा कक्षा र परामर्शले गर्दा निप्पोन एजुकेशनल सेन्टर अन्य कन्सल्टेन्सी भन्दा फरक छ । यसैले गर्दा निप्पोन एजुकेशनल सेन्टर जापान जान चाहाने विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ । बि।सं। २०६७ अर्थात सन् २०१० मा स्थापना भएको निप्पोन एजुकेसनल सेन्टर प्रा. लि. को प्रधान कार्यालय चितवनको सहिदचोक, नारायणगढमा रहेको छ । यो जापानिज नामबाट स्थापना भएको चितवनकै पहिलो संस्था पनि हो । निप्पोनको अर्थ सुर्योदयको देश भन्ने हुन्छ । अधिकांश जापानिजहरुले आफ्नो देशलाई निप्पोन भन्ने गर्दछन् ।

२) जापानमा उच्च शिक्षा तथा भाषा अध्यायनको लागि जाने क्रम किन बढेको होला ?
–शुरुवाती अवस्थामा धेरै कम संख्यामा विद्यार्थीहरु जापान जाने गर्दथे भने पछिल्लो समयमा बढ्दै गएर हजारौंको संख्यामा विद्यार्थीहरु जापानमा अध्यायनको लागि गइरहेको अवस्था छ । किनभने जापानको सँस्कृति अन्य देशको भन्दा भिन्न छ । जापानिजहरु आतिथ्य सत्कारमा संसारमै अगाडी छन् । जुन कुरा अन्य मुलुकमा पाउन मुस्किल हुन्छ । र त्यहाँ विद्यार्थीहरुले पार्टटाइम जब गर्न पाउने व्यवस्था भएको हुँदा जापानप्रति नेपाली विद्यार्थीको आकर्षण बढेको छ । साथै सुरक्षाको दृष्टिकोणले पनि जापान अन्य विकसित देशको तुलनामा निकै अगाडी छ ।

३) जापानको शिक्षा प्रणाली कस्तो छ ? जापान कस्तो शैक्षिक गन्तव्य हो ?

–जापानमा करिव ९५ प्रतिशत विद्यार्थीहरु भाषा स्कुल हुँदै प्राविधिक कलेज तथा विश्व विद्यालय जाने गर्दछन् । थोरै संख्यामा मात्रै विद्यार्थीहरु छात्रवृत्ति पाएर सिधै विश्वविद्यालय जाने गरेको पाइन्छ । जापान नेपाली विद्यार्थीहरुको लागि उचित गन्तव्य हो । पढाइका साथै पार्ट टाइम जव गरेर पनि केहि हदसम्म जिवनयापनको लागि सहज बनाउन सक्छन् । जापानमा छोटो समय अध्यायन गरेर काम गर्छु भन्ने विद्यार्थीहरु प्राविधिक कलेज जान्छन् भने विश्वविद्यालय गएर अध्यायन गर्ने विद्यार्थीहरु कम हुन्छन् । किनभने विश्वविद्यालयमा चार वर्ष अध्यायन गर्नुपर्ने हुन्छ । जस्तो इन्जिनियरिङको विद्यार्थीहरु विश्वविद्यालय जान्छन् भने म्यानेजमेन्ट, आइटी, विजनेस, होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु प्राविधिक कलेज जाने गर्दछन् । दुई वर्ष प्राविधिक कलेजको अध्यायन सकिए पछि जापानमा काम गर्ने भिजामा परिवर्तन गर्न सकिन्छ । उच्च शिक्षा अध्यायन गरेर अन्तराष्ट्रिय डिग्री लिन्छु भन्ने विद्यार्थीहरु विश्वविद्यालय जान्छन् ।

४) कतिपय विद्यार्थीहरु जापान पुगेर दुख पाएका छन् नि ? यस्तो अवस्था आउन नदिन के गर्नु पर्ला ?

–पहिलो कुरा त विद्यार्थीको शैक्षिक धरातल राम्रो हुनु आवश्यक छ । किनभने जहाँ पनि शिक्षाको महत्व बढी हुने गर्छ । जापानमा शिक्षाको महत्व नहुने कुरै भएन । जापानिज भाषा सिकेर जापान पुगेका विद्यार्थीहरुले दुखः पाएका छैनन् । जो भाषा जान्दैनन् उनिहरुले दुखः पाउने गरेका छन् । यहि नेपालमै पनि नेपाली भाषा नजान्नेले दुख पाउँदैन र रु यस्तो अवस्था आउन नदिन मेहनत गरि भाषा सिक्नुको कुनै विकल्प छैन । जापानीज भाषाको साथै त्यहाँको सस्कार, सँस्कृति र अनुशासनको बारेमा सिकेर बुझेर मेहनतका साथ संघर्ष गर्नसके विद्यार्थीले दुखः पाउन पर्दैन ।

५) निप्पोन एजुकेशनल सेन्टरको सेवा सुविधा के कस्ता रहेका छन् ?

–शैक्षिक परामर्शदाता संस्थाको सेवा भनेकै गुणस्तरीय शिक्षा र उचित परामर्श हो । दक्ष एवं अनुभवि शिक्षकहरुद्धारा विभिन्न तहका जापानिज भाषाका कक्षाहरु, जेएलपिटी तथा न्याटका तयारी कक्षाहरु र उचित परामर्श सहित भिजा प्रक्रियामा सहयोग गर्नु नै मुख्य उद्देश्य हो । जापानिज व्यवस्थापनमा संचालन भईरहेको यस संस्थामा जापानिज भाषा एवं जापानको संस्कृतिको वारेमा पनि अध्यापन गराइन्छ ।

६) विद्यार्थीहरुले निप्पोन नै किन रोज्ने ?

–कतिपय शैक्षिक परामर्शदाता संस्थाहरुले विद्यार्थीहरुलाई उनिहरुको शैक्षिक योग्यता र आर्थिक अवस्था सुहाउँदो परामर्श दिनु भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्ने खालका परामर्श दिने गरेको पाइन्छ । हाम्रो संस्थामा त्यस्तो कहिल्यै हुँदैन । हामी विद्यार्थीको भविश्यलाई पहिलो प्राथमिकता दिन्छौं । सत्य, तथ्य परामर्श र जापान गएपछि प्रयोग हुने विषयवस्तुको बारेमा सिकाइने व्यवहारिक शिक्षा दिने भएकाले निप्पोन एजुकेशनल सेन्टर अन्य शैक्षिक परामर्शदाता सस्थाहरु भन्दा भिन्न छ । हाम्रो संस्थाबाट भिजा प्रक्रिया गरेर सिओई आएका विद्यार्थीहरुको शतप्रतिशत भिजा लागेको छ । अर्कोतर्फ हामीले जापानबाट जापानिज प्रशिक्षक नै ल्याएर विद्यार्थीहरुलाई जापानिज भाषा सिकाईरहेका छौं । हामीले स्थापनाकाल देखी नै प्रचारमुखी भन्दा पनि वास्तविक कुराहरु विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेका छौं । त्यसैले निप्पोन एजुकेशनल सेन्टर जापान अध्यायनका लागि जाने विद्यार्थीहरुको मनमा बस्न सफल छ ।

७) जापान जान चाहाने विद्यार्थी र तिनका अभिभावकलाई के सुझाव दिन चाहानुहुन्छ ?

–सर्वप्रथम त जापानमा संघर्ष गर्न सक्नुहुन्छ भनेमात्र जाने सोँच बनाउनुस् । अभिभावकहरुले पनि आफ्नो सन्तानहरुलाई जापान गइसकेपछि उनीहरुको भविश्व बनाउनको लागि प्रोत्साहन गर्नुपर्छ । न कि सुरुमै धेरै पैसा नेपाल पठाउ भनेर दवाब नदिनुहोस् । क्षणिक सोँच राखेर जाने भन्दा पनि पछिको लागि सोँचेर जानु भयो भने भविश्य उज्वल छ । मेहनत र इमान्दारीका साथ जापानमा गएर संघर्ष ग¥यो भने धेरै अवसरहरु पाउन सकिन्छ । राम्रोसंग अध्यायन गर्ने विद्यार्थीहरुले जापान सरकारको तर्फबाट छात्रवृत्ति पनि पाईरहेका थुप्रै उदाहारणहरु छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>