अन्तर्राष्ट्रिय

फ्लोरिडामा शिक्षकलाई बन्दुक राख्न दिने विधेयक पारित

Banner

बैशाख २२, २०७६

अमेरिकाको फ्लोरिडा राज्यमा शिक्षकले अब कक्षा कोठामा बन्दुक लग्न पाउने छ । राज्यको सिनेटले विहिबार उक्त ब्यवस्थासँग सम्बन्धित विधेयक पारीत गरेको छ । यद्यपी कक्षामा बन्दुक लग्नु अगाडी शिक्षकले १ सय ४४ घण्टाको तालिम लिनु पर्ने र मानसिक परीक्षण अनिवार्य गराउनु पनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस कानुनलाई समर्थनमा रहेका छन् । विपक्षले बन्दुक कक्षामा लान अनुमति दिन नहुनेमा जोड दिइरुहेका छन् । यदी गलतीले गोली चले भने शिक्षक देखि विद्यार्थी सबैमाथि नराम्रो असर पर्ने बताइएको छ । गत बर्ष फेब्रुअरी १४ मा पार्कल्यान्डको एक स्कुलमा गोलाबारी हुँदा १७ जनाको मृत्यु भएको थियो । गोली कान्डमा कयौं घाइते भएका थिए । उक्त घटनापछि नै फ्लोरिडाको राज्यसभामा उक्त प्रस्ताव ल्याईएको थियो । फ्लोरिडाको स्थानिय संसदमा रिपब्लिकन पार्टीको बहुमत छ । मतदानमा ६५ मतमा ४७ विधेयकको पक्षमा खसेको थियो ।

पार्कल्यानड गोलीकान्डबाट प्रभावितहरु अमेरिकामा बन्दुकसँग सम्बन्धित नियम कानुनलाई कडा पार्नु पर्ने माग गरिरहेका छन् । यस कानुनको समर्थन गर्ने नेसनल राइफल एसोसिएसनले ससस्त्र शिक्षक नै गोली चलाउनेहरुबाट बच्ने राम्रो उपाय हुन सक्ने तर्क राखेका छन् ।

रिपब्लिकन नेताहरुले यो कानुन खराब मान्छेसँग लड्न राम्रा मान्छेलाई बलियो बनाउने बताइरहेका छन् । असल ब्यक्तीले पनि जवाफी कारवाही हुन सक्छ भन्ने कुरा खराब ब्यक्तीलाई थाहै नहुने तर्क पनि दिइरुहेका छन् ।

यसबिच नयाँ कानुनमो विरोधमा शिक्षकहरुले राजिनामा पनि दिएका छन् । फ्लोरिडामा २० बर्ष सम्म शिक्षक रहेका जोनाथन केरोलले राजिनामा दिएका छन् । उनले यसबाट शिक्षाको अर्थ नै परिवर्तन भएको बताए । शिक्षक प्राय तनावमा हुने गरेको उनी बताउँछन् ।

कक्षामा आवश्यक भन्दा धेरै बच्चा , शिक्षकलाई कम तलब र अब शिक्षकले बन्दुक पनि राख्नु पर्ने गलत अभ्यास भइरहेको उनले बताए । विद्यार्थीलाई पढाउन कयौं पटक आफनै तलबबाट शैक्षिक सामाग्री किनेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>