प्रचलन

मिस हेरिटेज इन्टरनेसनलमा नेपालकी अदिती फोर्थ रनर्सअप

Banner

बैशाख २२, २०७६

नेपालको इप्लानेट नामक संस्थाले सिंगापुरमा हालै आयोजना गरेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस्–२०१९ मा पर्सनालिटी र मिस एथ्निकको अवार्डसहित सेन्ट्रल एसियाकी गुल्बानो माडियारोभाले मिस हेरिटेज इन्टरनेसनल–२०१९ को मुख्य उपाधि चुम्न सफल भएकी छिन्।

सिंगापुरको ब्युटी वल्र्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा भएको प्रतियोगितामा मिसतर्फ नेपालकी सहभागी अदिती श्रेष्ठलाई मिस फोटोजेनिकसहित फोर्थ रनर्सअपको अवार्ड प्राप्त भएको छ। प्रतियोगितामा फिलिपिन्सकी म्यारी किम्बर्ली कगापे फस्ट, केन्याकी शिला अकिन्यी उडिडा सेकेन्ड र जिम्बाबेकी सान्ड्रा डिजवानी थर्ड रनर्सअप चयन भएका छन्।

मिसेस् हेरिटेज इन्टरनेसनल–२०१९ तर्फ भने मिसेस् ट्यालेन्ट र पर्सनालिटी अवार्डसहित भारतकी विद्या किरण घारेले उपाधि चुम्न सफल भइन्। जाम्बियाकी पेसन्स् माकुन्गुले फस्ट रनर्सअप उपाधि जित्दा नेपालको तर्फबाट मिसेस् विधामा सहभागी दुर्गा विसुराल सेकेन्ड रनर्सअप बन्न सफल भइन्। दुर्गाले प्रतियोगितामा पिस ड्रेससहित पिस एम्बेसडरमा सेकेन्ड रनर्सअप तथा मिसेस् एथ्निकतर्फ फस्ट रनर्सअप स्थान हासिल गरेकी थिइन्।

प्रतियोगिताको अन्य उपाधिमा मिसतर्फ काजकस्तानले बेस्ट बडी, क्यामरुनले बेस्ट नेसनल हेरिटेज डे«ेस र काइन्डनेस एम्बेसडर, जिम्बाबेले बेस्ट कल्चरल ड्रेस र कल्चलर एम्बेसडर, फिलिपिन्सले ट्यालेन्ट, कन्जिनियल र पिस एम्बेसडर, नाइजेरियाले बेस्ट पिस ड्रेस र बेस्ट क्याटवाक, केन्याले टुरिजम एम्बेसडर, युगान्डाले इन्भाइरोमेन्ट एम्बेसडर, सिंगापुरले एलिगेन्स अवार्ड प्राप्त गरेका थिए। मिसेस्तर्फ जाम्बियाले बेस्ट कल्चरल ड्रेस, मिसेस् फोटोजेनिक र क्विन अफ हार्टस्, सिंगापुरले मिसेस् डिलिजेन्ट तथा थाइल्यान्डले मिसेस् क्याटवक र मिसेस् नेसनल हेरिटेज ड्रेस अवार्ड जित्न सफल भएका थिए। कार्यक्रममा म्यानमारकी नान खान वाईलाई मिस प्लस साइज हेरिटेज डायमन्ड र भारतकी मानसी डिघेलाई मिस प्लस साइज हेरिटेज रुबीको ताज पहि¥याइएको थियो।

यसअघि बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान भन्ने मँल नाराका साथ ई–प्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज इन्टरनेसल २०१४ सम्पन्न भएको थियो। प्रतियोगिताको दोस्रो संस्करण भारतको नयाँदिल्लीस्थित अशोक कन्ट्री रिसोर्टमा तथा तेस्रो संस्करण श्रीलंकास्थित बेरुवाला समुद्री तट नजिकै वर्ष–२०१६ मा सम्पन्न भएको थियो।

ई–प्लानेट प्रालिको आयोजनामा भएको प्रतियोगितामा सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, मलेसिया स्थित कलाइमनी केयर्सको सहकार्य रहेको थियो। सिंगापुरका सुशान सान्फुर्मी कोहको संयोजनामा भएको प्रतियोगिताका लागि नेपालबाट सञ्चारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहेका थिए। कार्यक्रमको सञ्चालन कोरियोग्राफर रोजिन र बलिउड कोरियोग्राफर सिम्रन अहुजाले गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>