राप्ती

चार महीनादेखि अलपत्र भारतीय बालकको उद्दार

Banner

बैशाख २२, २०७६

चार महिनादेखि सप्तरीको एउटा इटा उद्योगमा अलपत्र परेका भारतीय वालको सोमवार उद्दार गरीएको छ ।
विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रुबी जिल्लाका ११ वर्षीय मोहिबुल एसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाईमा उद्दार गरीएको हो ।

बुबा इस्काइल एसकेले मोहिबुल अलपत्र छाडेर सम्पर्कविहिन भएका थिए । कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो ।

एकपी राजेन्द्र विष्टसहित पुगेको टोलीले बालकको उद्दार गरि संरक्षणका लागि सोमबारै सनुसरीको इटहरीस्थित हेल्पलाइन बाल संरक्षण गृहको जिम्मा लगाएको छ । बालकको उचित संरक्षणका साथै पारिवारिक भेटघाटको ब्यवस्था मिलाउन पनि प्रयास भईरहेको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले वताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>