मनोरञ्जन

मिस्टर एण्ड मिस एसईई आइकनको उपाधि मगर र मानन्धरलाई

Banner

काठमाडौं, जेठ २६ –

मिस्टर एण्ड मिस एसईई आइकन २०२६ (सिजन १३) को फिनाले राजधानीमा सम्पन्न भएको छ ।

नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा र सिर्जनात्मक क्षमताको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा किशोर तथा किशोरीतर्फका विजेताले नगद २ लाख रुपैयाँसहित उपाधि जितेका छन्।

किशोरीतर्फ तोशारा धनाहा मगर विजेता घोषित भइन्। क्रिजल लिम्बु फस्ट रनर्सअप, आभा राजोपाध्याय सेकेन्ड रनर्सअप, हृदिमा तिमल्सिना थर्ड रनर्सअप, स्मारिका तामाङ फोर्थ रनर्सअप तथा सुहासी खड्गी फिफ्थ रनर्सअप बनिन्।

किशोरतर्फ रोनिश मानन्धरले उपाधि जिते भने ओजल ढाख्वा फस्ट रनर्सअप र सुप्रित लामिछाने सेकेन्ड रनर्सअप घोषित भए।

प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत पनि विजेता घोषणा गरिएको थियो। किशोरीतर्फ स्मारिका तामाङ मोस्ट पपुलर विनर, थेरेशा शाही पब्लिक च्वाइस विनर, सरगम साउद मोस्ट एक्टिभ, यशस्वी शाक्य ब्यूटी विथ ब्रेन, आभा राजोपाध्याय मिस ट्यालेन्ट, सुहासी खड्गी मोस्ट फोटोजेनिक, कृति शाक्य बेस्ट स्टोरीटेलिङ तथा बेस्ट कन्टेन्ट क्रिएटर र तोशारा धनाहा मगर फेसन आइकन घोषित भइन्।

त्यसैगरी किशोरतर्फ स्वरुप बिष्ट मोस्ट पपुलर विनर, रोनिश मानन्धर पब्लिक च्वाइस विनर तथा मोस्ट इन्टेलिजेन्ट, सुसन मोक्तान तामाङ मिस्टर र्याम्पवाक, साथै स्वरुप बिष्ट मोस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसम घोषित भए।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा। लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बु तथा इभेन्ट म्यानेजर कामना पौडेल रहेका थिए। कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् भने सञ्चालन प्रणिमा दाहालले गरेकी थिइन्।

कार्यक्रममा ऐरी ब्युटी प्वाइन्ट, सनिल आर्ट तथा उप्स नेपालले प्रायोजन गरेका थिए भने फोटो तथा भिडियो व्यवस्थापन कथा फोटो फिल्म्सले गरेको थियो।

आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै व्यक्तित्व विकास र सौन्दर्य तथा सिर्जनात्मक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य राख्दै हरेक वर्ष आयोजना हुँदै आएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>