राजनीति

विद्या भण्डारीलाई भेट्न निवासमै पुगे बालेन, के भयो कुरा ?

Banner

काठमाडौं,असार २२-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबीच भेटवार्ता भएको छ । भण्डारीलाई भेट्न बालेन बिहीबार भण्डारीनिवास पुगेका थिए । स्रोतका अनुसार एमाले सांसद कृष्णगोपाल श्रेष्ठको समन्वयमा यो भेटवार्ता भएको हो । बालेनलाई श्रेष्ठले नै भण्डारीनिवास लगेका हुन् । भण्डारीनिवासमा बालेनले करिब १ घण्टा बिताएका थिए । भेटवार्ताबारे जानकार स्रोतका अनुसार बालेनले भण्डारीलाई सरकारले दिएको सेवा–सुविधा फिर्ता गरेकोमा बधाई दिएका थिए ।

भेटमा काठमाडौं महानगरपालिकासँग जोडिएका केही विवाद र समसामयिक राजनीतिक विषयबारे पनि कुराकानी भएको थियो । पूर्वराष्ट्रपति भण्डारी १४ असारमा मात्रै एमालेको सक्रिय राजनीतिमा फर्किएकी थिइन् । त्यसयता उनले सार्वजनिक कार्यक्रममा सहभागिता नजनाए पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।

बालेनसँग भेट भएको केही समयमै माओवादी केन्द्रका केही शीर्ष नेताहरू पनि भण्डारी निवास पुगेका स्रोतले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>