Breaking News

भोजपुरमा ज्वाइँले पत्नीसहित ससुराली पक्षका चार जनाको हत्या गरे, आरोपी पनि गम्भीर घाइते

Banner

काठमाडौं, असार २२-

भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा गएराति एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेश प्रसाद यादवले जानकारी दिए । घटना राति सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । राईलाई अहिले भोजपुर अस्पताल ल्याइएको र रेफरको तयारी भइरहेको उनले बताए ।

स्थानीयले प्रहरीलाई बताए अनुसार मनीषा चार/पाँच दिन माइती पुगेकी थिइन् । मनीषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनीषाको विषयमा विवाद भएको थियो । ‘विवाद के थियो भन्ने खुलिसकेको छैन । चार जनाको शव फेला परेको छ । राजेन्द्र स्वयं पनि गम्भीर घाइते भएकाले धेरै कुरा खुल्न बाँकी छ’, प्रहरी निरीक्षक यादवले भने, ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

घटनाको जानकारी पाउने बित्तिकै इप्रका बोयाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो । घटना सवा १ बजेतिर भएको भनिए पनि प्रहरी राति अबेर मात्र खबर आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>