राजनीति
हस्ताक्षर अभियानमा बालबालिकाको प्रयोग भएपछि महेश बस्नेतको आपत्ति
०

काठमाडौँ, असार २१-
रास्वपा सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको विरोध नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत फोटो र स्टाटस सार्वजनीक गर्दै आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्– ‘बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ। यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ।’
उनले थप भनेका छन्– अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्। सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो।