देश/प्रदेश
‘अप्सरा आमा’को गरियो पशुपतिमा अन्त्येष्टि
०

काठमाडौँ, असार २१-
‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को को अन्त्येष्टि गरिएको छ । श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् ।
अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला ९विमली०, गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।