खेलकुद
विराटनगरबाटै सन्दीपले एनपीएल खेल्ने
०

काठमाडौँ, असार २१-
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण विराटनगर किङ्सबाटै नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् ।
विराटनगरले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको हो ।
उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।