चितवन विशेष
कनेक्ट अष्ट्रेलियन एजुकेसन चितवनले शुक्रबार अभिभावकसङ्ग अन्तरक्रिया गर्ने

चितवन, असार १९-
वैदेशिक उच्च शिक्षा अध्ययनका लागी शैक्षिक परामर्श दिदै आइरहेको कनेक्ट अष्ट्रेलियन एजुकेसन चितवनले अभिभावकसङ्ग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
आफ्ना सन्तानलाइ उच्च शिक्षाका लागि विद्यार्थी भिसामा अष्ट्रेलियामा पठाउन चाहने अभिभावकका लागि भोली (शुक्रबार) यो विशेष कार्यक्रम आयोजना गरिएको कनेक्ट अस्ट्रेलियन एजुकेसन चितवनका अध्यक्ष मेघराज कंडेलले जानकारी दिनुभयो ।
यो कार्यक्रम लायन्स चोकस्थित कनेक्टको कार्यालयमा दिउँसो १२ देखि ३ बजेसम्म चल्ने छ ।
अष्ट्रेलियाको शिक्षा, कलेजको लागत लगायत अन्य अवस्थाको विषयमा विद्यार्थी सङ्गै आभिभावकले पनि बुझ्न् जरुरी रहेकाले यो कार्यक्रम आयोजना गरिएको कनेक्ट अष्ट्रेलियनका प्रमुख देवराज कंडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बैंक म्यानेजरबाट बैंकिंग र फाइनान्स सम्बन्धी जानकारी, अष्ट्रेलियन शिक्षा विशेषज्ञबाट अध्ययन प्रक्रिया र तयारीबारे सल्लाह, १८ वर्षको अष्ट्रेलियामा बसाइ अनुभव भएका व्यक्तिबाट वास्तविक जीवनका अनुभव प्रदान गरिने कनेक्ट अष्ट्रेलियनका प्रमुख कंडेलले जानकारी दिनुभयो ।