चितवन विशेष
मेघौलीको जानकी माविबाट पाँच जनाले ल्याए ४ जिपिए

पवन पण्डित
चितवन, असार १७-
भरतपुर महानगरपालिका–२७ मेघौली स्थित जानकी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको छ । स्कुलका पाँच विद्यार्थीले ४ जिपिए ल्याएका छन् भने ६५ जना उत्तिण भएका छन् ।
आशिका जैसी, आयूश्मा तिवारी, समिक्षा पाण्डे, सन्देश भुर्तेल र शुभम सापकोटाले ४ जिपिए ल्याएको विद्यालयले जानकारी दिएको छ । उनीहरुलाई मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै दाहालले चितवनमै उत्कृष्ट नतिजा ल्याउने पहिलो र दोस्रो विद्यालय भरतपुरमा रहेको भन्दै संख्याको अनुपातमा जानकी मावि पहिलो भएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटाका अनुसार यो नतिजा विद्यालयका लागि ऐतिहासिक हो । पाँच जना विद्यार्थीले यस वर्ष विद्यालयलाई शिखरमा पु¥याएको भन्दै आगामी वर्षहरुमा झन् उत्कृष्ट नतिजा ल्याउने गरी काम गर्ने बताउनुभयो । ६५ जना उत्तीर्ण र १९ जना विद्यार्थी ग्रेड बृद्धिमा परेको भन्दै उनीहरु पनि आगामी परीक्षामा उत्तीर्ण हुने बताउनुभयो ।