धार्मिक/सांस्कृतिक
पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने
०

भक्तपुर, असार १७ –
चाँगुनारायण नगरपालिकाको छालिङमा यही असार २२ देखि आगामी कात्तिक १९ गतेसम्म चातुर्मास्य ज्ञानमहायक्ष सञ्चालन हुने भएको छ ।
श्रीवन धाममा रहेको पञ्चमहालक्ष्मी मन्दिरको अक्षयकोष स्थापनाका लागि उक्त यज्ञ हुन लागेको हो । सङकल्पकर्ता अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, आचार्य सुदर्शन बडाललगायतले कथा वाचन गर्नुहुनेछ ।
असार महिनाको हरिशयनी एकादशीमा आरम्भ भइ कात्तिक महिनाको हरिबोधिनी एकादशीपछिको पूर्णिमासम्म यज्ञ सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिनुभयो । रासस