देश/प्रदेश

‘सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका छ’

Banner

कैलाली, असार १७ –

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उहाँले कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाएर जनतालाई सेवा दिन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले प्रदेशको विकास प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासलाई सुनिश्चित गर्न प्रदेश सरकार र विकास साझेदार संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेशका ८८ वटै स्थानीय तहमा सञ्चालनमा रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>