चितवन विशेष

भरतपुरको स्मल हेभन स्कुलको सतप्रतिशत नतिजा, ५६ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

Banner

भरतपुर,असार १७-

भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । स्कुलबाट ८४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४९ जना विद्यार्थीले जिपिए ३.६ देखि ४ ल्याएका छन । यस्तै २५ जना विद्यार्थीले ३.२ जिपिए देखि ३.६ र १० जना विद्यार्थीले २.८ जिपिए देखि ३.२ जिपिए ल्याएको स्कुलका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । यहाँका ५६ प्रतिशतले ल्याए ‘ए’ प्लस ल्याएका छन ।

न्यौपानेले स्मल हेभन स्कुलमा कक्षा ११ मा भर्ना खुलेको समेत जानकारी दिनुभयो । यहाँ जनरल म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट संगै कम्प्युटर साइन्सको पनि अध्यापन हुँदै आएको छ । छिटो भर्ना हुनेहरुलाई छात्रबृत्तीको पनि व्यवस्था गरेको स्कुलले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>