चितवन विशेष
ग्लोरियस एकेडेमी व्यवहारिक शिक्षासंगै शैक्षिक नतिजामा अब्बल
०

चितवन, असार १६–
चितवनको भरतपुरस्थित ग्लोरियस एकेडेमी व्यवहारिक शिक्षासंगै शैक्षिक नतिजामा अब्बल सावित भएको छ ।
हालै सम्पन्न माध्यकि शिक्षा परीक्षा (एसईई)मा ग्लोरियस एकेडेमीले उत्कृष्ट अंकशतिको नतिजा ल्याउन सफल भएको छ । यहाँबाट परीक्षा दिएका ८२ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएको विद्यालयले जनाएको छ । यहाँबाट १७ जनाले ‘ए’ प्लस अंक ल्याएका छन् भने ३५ जनाले ‘ए’, २६ जना ‘बी प्लस’ र ४ जना ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् ।
यसैबीच यस विद्यालयमा कक्षा ११ का लागि भर्ना खुला गरिएको छ ।