चितवन विशेष
एक्सपर्ट एजुकेसनले ५० हजार राशीको साहित्यिक पुरस्कर प्रदान गर्ने

चितवन, असार १५-
एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले हरेक वर्ष एक जना श्रस्टालाई साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
एक्सपर्ट एजुकेसन चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ राशीको साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको हो । शनिबार गैंडाकोटमा आयोजित प्रथम संस्करणको `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव २०८२´ को उद्घाटन सत्रमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले साहित्य क्षेत्रको प्रवर्द्धन र श्रस्टाको सम्मानको लागि पुरस्कार घोषणा गरिएको बताउनु भयो । उहाँले हरेक वर्ष `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव´को उद्घाटनको अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिनुभयो ।
एक्सपर्ट एजुकेसनले आफ्नो वाषिक उत्सवको अवसरमा हरेक वर्ष शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
सम्पूर्ण किताबका संचालक लेखराम सापकोटाले पुरस्कारको कार्यविधि छिट्टै तयार पारेर पुरस्कारको नाम सार्वजनिक गरिने बताउनु भयो । उहाँले `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव´को दोस्रो संस्करण अझै व्यवस्थित रुपमा संचालन गरिने र सोही अवसरमा पुरस्कार प्रदान गरिने बताउनुभयो ।
किताब उत्सवमा चितवनकाे साहित्य र किताब बजारकाे बेलीविस्तार मूल विषयवस्तुमा आधारित रहेर ६ वटा बहस सञ्चालन गरिएका थिए । कार्यक्रम उद्घाटनका क्रममा तीनवटा किताब विमाेचन गरिएकाे उत्सवका सहनिर्देशक विनाेदबाबु रिजालले जानकारी दिनुभयाे ।