राजनीति

राजनीतिमा आउनु पूर्वराष्ट्रपतिको धर्म होः पोखरेल

Banner

काठमाडौँ, असार १४-

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिक व्यक्ति भएकाले राजनीतिमा आउन नहुने तर्क गलत भएको बताएका छन् । उनले राजनीतिमा फर्कनु पूर्वराष्ट्रपतिको धर्म हुने बताए ।

मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’का विचार गोष्ठीमा बोल्दै पोखरेलले राजनीतिमा आउनै नहुने भनेर सैद्धान्तिकरण गर्न खोजे हास्यस्पद हुने बताए ।

पोखरेलले राजनीतिमा आउनु पूर्वराष्ट्रपतिको धर्म रहेको भन्दै राजनीतिलाई विस्मृतिमा राख्न नसकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>