चितवन विशेष

ज्ञानदर्शन बोर्डिङ स्कुलको एसईईमा उत्कृष्ट नतिजा, ४० प्रतिशतले ल्याए ३.६ भन्दा माथि जिपिए

Banner

पवन पण्डित
चितवन, असार १४-

चितवनको भरतपुर महानगरपालिका–११मा रहेको ज्ञानदर्शन इङ्ग्लिस बोर्डिङ स्कुलले यस वर्षको एसईई २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । यस वर्ष ४० प्रतिशतले ३ दशमलव ६ माथि जिपिए ल्याएका छन् ।

परिक्षामा सहभागि भएका ४० जना विद्यार्थी मध्ये १६ जनाले ३.६ जिपिए ल्याउन सफल भएको विद्यालयका प्राचार्य मनिष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, १५ जनाले ३.२ भन्दा माथिको जीपीए ल्याएका छन् ।

यो उत्कृष्ट नतिजा विद्यालयको गुणस्तरीय शिक्षण पद्धति, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको निरन्तर मेहनतको प्रतिफल रहेको उहाँले बताउनुभयो ।
विद्यालयका प्राचार्य घिमिरेले सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै अभिभावक तथा शिक्षकहरूको सहयोगलाई पनि उच्च सम्मान गर्नुभएको छ । “विद्यार्थीहरूको अनुशासन, परिश्रम र विद्यालयको संयुक्त प्रयासको कारण यस्तो सफलता सम्भव भएको हो,” प्रधानाध्यापकले भन्नुभयो।

बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक उत्कृष्टताका साथै नैतिक मूल्य र समग्र व्यक्तित्व विकासमा विश्वास राख्दै भविष्यमा पनि यस्तै उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । विद्यालयले २०८१ का सम्पूर्ण परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना ब्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>