चितवन विशेष
ब्रीज कोर्स सेन्टर इटिआइले मनायो रजत महोत्सव

चितवन, असार १४-
ब्रीज कोर्स सेन्टर एभरेस्ट टच इन्स्टिच्युट (ETI) नेटवर्क प्रालिले शनिबार रजत महोत्सव मनाएको छ ।
भरतपुरमा साँस्कृतिक प्रस्तुतिसहितको विशेष समारोह गर्दै ETI ले रजत महोत्सव मनाएको हो । यसै समारोहको अवसर पारेर शुक्रबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट ग्रेड ल्याउने विधार्थीहरुलाइ सम्मान समेत गरिएको छ । इटिआइका प्रवन्ध निर्देशक डा.टंक प्रसाद ओझा, कार्यक्रमका प्रमुख अतिथि अनुसन्धानकर्ता डा.देव प्रसाद पाण्डे र इटिआइका म्यानेजर पशुपति ओझाले उत्कृष्ट अंक ल्याउने विधार्थीहरुलाइ सम्मान पत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा इटिआइमा अध्ययनरत विधार्थीहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रोफेसर घनश्याम काफ्ले, वयोवृद्ध समाजसेवी भेषराज ओझा, आरम्भ कलेजका प्रीन्सिपल सुरज शिवाकोटी, सेन्ट्रल कलेजका प्रीन्सिपल यज्ञविलास पौडेल (वाइबी), व्यवसायी गुणराज दाहाललगायतको उपस्थिति रहेको थियो ।
ETI ले एसईई र कक्षा १२ पछिको ब्रीज कोर्स संचालन गर्दै आइरहेको छ ।