समाचार
प्रधानमन्त्रीद्वारा अधिकारीको शालिक अनावरण
०

काठमाडौँ, असार १४ –
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गर्नुभएको छ ।
नागार्जुन नगरपालिका ७ मा आयोजित एक समारोहमा उहाँले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गर्नुभयो । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रुपमा आफ्नो परिचय बनाउनुभएका पूर्वप्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अङ्गाल्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उहाँले पुर्याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो । रासस