शिक्षा
रुपन्देहीको एउटै सामुदायिक विद्यालयका १८ विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

रूपन्देही, असार १४-
रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कूल शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका हुन् ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन ।
शुक्रबार प्रकाशित नतिजामा नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अंक ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ ।