चितवन विशेष

कारागार व्यवस्थापनमा प्रदेश सरकार तयार छः मन्त्री लामिछाने

Banner

चिवतन, असार १३-

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले कारागार कार्यालयमा हुने समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । कारागार कार्यालय चितवनमा आयोजना गरिएको कैदिवन्दिहरुको क्षमता अभिवृद्धि तथा सीप विकास तालिमको समापन गर्दै उहाँले कारागारमा बस्ने कैदी बैन्दीहरुको भविश्यकालागि प्रदेश सरकार सधै तयार रहेन विश्वास व्यक्त गर्नुभयो ।

कारागारमा हुने समस्या समाधानका लागि प्रदेश सरकारले सकेको समाधान गर्ने उहाँको भनाई । संघिय सरकार माताहत रहे पनि काराकोको समस्या समाधानका लागि प्रदेश सरकार पनि जिम्मेवार रुपमा लाग्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “कारागारको समस्या पनि प्रदेश सरकारको जिम्मेवारीमा पर्ने भएकाले क्रमश स्रोत साधानको उपलव्धता अनुसार क्रमश समस्या समाधान गर्दै जान्छौ ।” व्यक्तिगत र पारिवारी जिवनमा समेत फलदायी रहोस् भन्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर शाही, कारागार प्रमुख रवीन्द्र प्रसाद ढुंगाना, कारागार प्रशासनका चेतनाथ ढुंगाना लगाएतले कारागारमा देखिदै आएकोसमस्याहरुको समाधानका लागि प्रदेश सरकारको ध्यान पुग्नु पर्ने बतताउनुभयो । एक महिना सम्म चलेको तालिममा ९० जना कैदी वन्दी सहभागी भएका थिए । एक महिना सम्म चलेको तालिममा सन्तोष पण्डित, युवराज ढकाल, टीकाराम काफ्ले, जीवन पौडेल, सीता गुरुङ, आसलाल तामाङ्ग लगाएतले प्लम्बिङ् वल्डीङ्, मेकानिक, र क्षमता अभिबृद्धि कार्यक्रमहरु संञ्चालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>