चितवन विशेष
एचएको नतिजामा बालकुमारी कजेल बागमती प्रदेशमै दोस्रो

चितवन, असार १३–
हेल्थ हसिस्टेण्ट (एचए) कार्यक्रम संचालन गरेको पहिलो ब्याचमै नारायणघाटको बालकुमारी कलेज उत्कृष्ट भएको छ । पब्लिक कलेज बालकुमारीमा उत्तीर्ण प्रतिशतको आधारमा बागमती प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
बागमती प्रदेशका सिटिईभिटिबाट सम्बन्धन पाएका ३६ वटा कलेज मध्ये बालकुमारी कलेज दोस्रो भएको हो । कलेजले २०८०/८१ बाट स्वास्थ्य संकाय अन्र्तगत एचएको पढाई सुरु गरेको हो । हालै प्रकाशित नतिजा अनुसार बालकुमारी कलेजमा ७७.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। एचएको परीक्षाफलमा कलेजको ब्यवस्थापन, अभुभवि शिक्षक र सुविधासम्पन्न प्रयोगशालाको कारण नतिजा राम्रो आएको स्वास्थ्य संकायका प्रमुख अभय कुमार पण्डितले बताए ।
चितवनको पुरानो सामुदायिक कलेज भएपनि एचएमा भर्खरै पढाई सुरु गरेपछि पाएको सफलताले उत्साह जगाएको कलेजका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताए । गुणस्तरीय पढाई भएकै कारण धेरै विद्यार्थी उत्तीर्ण भएको कलेजको दावी छ । कलेजका प्रिन्सिपल जगदीश्यवर खनालले एसईई दिएका विद्यार्थीको रोजाई बालकुमारी रहेको बताउँदै अन्य भन्दा सस्तोमा पढाई भएको बताए ।