अन्तर्राष्ट्रिय
रहेनन् ‘मिसन इम्पोशिबल’ का सङ्गीतकार लालो शिफ्रिन
०

लस एञ्जलस, असार १३-
हलिउड फिल्म ‘मिसन इम्पोसिबल’ सिरिजका संगीतकार लालो शिफ्रिनको मृत्यु भएको छ । ९३ वर्षका शिफ्रिनको बिहीबार मृत्यु भएको बताइएको छ ।
उनको मृत्युको खबर शिफ्रिनको छोरा विलियम र रायनले पुष्टि गरेका हुन् । निमोनियासँग सम्बन्धित जटिलताका कारण पिताको निधन भएको उनीहरूले भनेका छन् ।
शिफ्रिनले चार पटक ग्रामी अवार्ड जितेका थिए । उनी ६ पटक ओस्करको मनोनयनमा परेका थिए । ‘हरेक फिल्मको आफ्नै व्यक्तित्व हुन्छ । फिल्मको लागि सङ्गीत लेख्ने कुनै नियम हुन्न ।’
२०१८ मा उनले एसोसिएटेड प्रेसलाई भनेका थिए । फिल्मले नै सङ्गीत कस्तो हुनेछ भनेर बताउने उनले भनेका थिए । एजेन्सी