Breaking News

कांग्रेस र एमाले फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्यः सभापति देउवा

Banner

चितवन, असार १३–

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमाले दुई फरक पार्टी भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको बताउनुभयो । उहाँले कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाईएको बताउनुभयो ।

यस्तै सभापति देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दावी गर्नुभएको छ । कांग्रेसको विधान अनुसार समयमै हुने दावी गर्नुभयो । १४ औं महाधिवेशन सकिएको ४ वर्षपछि आउँदो मंसिरमा महाधिवेशन हुनुपर्ने हो । तर विधानमा एक वर्ष थप गर्न मिल्ने भएकाले विधान अनुसारकै समयमा महाधिवेशन सम्पन्न गरिने सभापति देउवाले बताउनुभयो ।

कांग्रेस सभापति देउवा, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता विमलेन्द्र निधी, सशांक कोइरालालगायतका नेताहरु आज नेपाली कांग्रेसकी नेतृ, प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागि हुन चितवन आइपुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>