मनोरञ्जन
टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा
०

काठमाडौं,असार १२-
साइबर कसुरमा पक्राउ परेका टिकटकर रमा बस्नेत धरौटीमा छुटेकी छन् । बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश दिएको हो । खोटाङको हलेसीतुवाचुङका नगरपालिका–६ का बस्नेतलाई साइबर ब्युरोको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।
उनीमाथि नियोजित रूपमा जातीय एवं साम्प्रदायिक भावनामा खलल पुर्याउने साथै प्रतिष्ठित व्यक्तिको चरित्र हत्या गर्ने खालका तथ्यहिन विषय उठाउने गरेको आरोप लागेको थियो । सोही कसुरमा बस्नेतलाई ब्युरोको टोलीले पक्राउ गरेर विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो ।