चितवन विशेष
तीन विद्यार्थी संगठनद्वारा चितवनका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
०

चितवन, असार १२-
भरतपुर महानगरपालिका–२९ का दुई विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। भौगोलिक तथा आर्थिक रूपमा विकट मानिने मावि चौकी र राष्ट्रिय आधारभूत विद्यालय ढोडेनीका विद्यार्थीहरूलाई हिजो (बिहीबार) शैक्षिक सामग्री वितरण गरिएको हो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी, र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी (बहुमत)को संयुक्त आयोजनामा विद्यार्थीहरूलाई कापी, कलम, झोला लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो।