Breaking News

नारायणगढ-मुग्लिन सडक आज २ घण्टा बन्द हुने

Banner

चितवन, असार १२-

नारायणगढ–मुग्लिन सडकखण्ड आज (बिहिबार) दुई घण्टा बन्द हुने भएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

त्यसैले संभावित दुर्घटनालाई न्युनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य हुँदै छ ।

सो समय अवधिभर लेन अनुशासन पालना गरी सवारी साधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

तस्बिर सौजन्य : डिभिजन सडक कार्यालय

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>