चितवन विशेष
एनपीएलका लागि चितवन राइनोजले रिटेन गर्यो ६ खेलाडी
०

चितवन,असार ९-
नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ । चितवनले सामाजिक सञ्जालमार्फत कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको हो ।
रिटेन हुने खेलाडीहरुमा मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी छन् ।