चितवन विशेष

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओमशान्ती एकेडेमी प्रथम

Banner

विपिन पाठक
चितवन, असार ८-
३९ औँ एस.ओ.एस. दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओम शान्ति एकेडेमी प्रथम भएको छ।

प्रतियोगितामा प्रेरणा इङ्लिस स्कुल दोस्रो र डेजी इङ्लिस स्कुल तेस्रो भएको छ। जिल्लाभरिका ५९ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम एस.ओ.एस. बालग्रामका प्रधानाध्यापक खिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। सहायक प्र.अ. मनोज क्षेत्रीले समन्वय गर्नुभएको उक्त कार्यक्रममा एस.ओ.एस. बालग्रामका निर्देशक राजेन्द्र लम्साल प्रमुख अतिथि रहनुभएको थियो।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण प्रसाद न्यौपाने अतिथिका रुपमा रहनुभएको उक्त कार्यक्रममा पहिलो चरणको प्रतियोगिताबाट सर्वोच्च अङ्क प्राप्त गर्ने ६ वटा समूहहरू दोस्रो चरण प्रवेश गरेका थिए। सहभागी प्रथम,द्वितीय र तृतीयलाई प्रमाणपत्र सहित नगद पुरस्कार क्रमस: १० हजार, ८ हजार र ६ हजार प्रदान गरिएको छ भने ओम शान्ति एकडेमीले ट्रफी समेत प्राप्त गरेको छ ।

३९औ एसओएस दिवसको अवसरमा हिजो खुला रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको विद्यालयले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>