मनोरञ्जन
क्यान्सर लगायतका रोगबाट थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा
०

काठमाडौं, असार ८-
चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’की अप्सरा आमा बिरामी भएका छन् । चर्चित कलाकार लक्ष्मी श्रेष्ठ स्तन क्यान्सर लगायतका रोगबाट थलिएकी हुन् ।
दशैंदेखि बिरामी भएकी उनलाई ४ महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । बीचमा घर र अस्पताल आउने जाने गरेपनि अहिले भने अस्पतालले फिर्ता पठाइदिएको परिवारले जनाएको छ ।
उनी अहिले कपन बालुवाखानीस्थित घरको ओछ्यानमा थलिएकी छन् । छोरीले स्याहारसुसार गरिरहेकी छन् । दुई सातादेखि कठिन भएको र औषधि छुटाइसकेको बताइएको छ ।
झोल खानेकुराबाहेक खाना खान पनि छाडेकी छन् । ‘मेरी बास्सै’ उनले सीतराम कट्टेल धुर्मुसले निर्वाह गरेको खड्काजीको श्रीमती अप्सरा आमाको रोल निर्वाह गरेकी थिइन् ।