इच्छकामना
चितवनमा कालिखोलामा भारी वर्षा मापनः उच्च सतर्कता अपनाउन आग्रह
०

चितवन,असार ८-
चितवनसहित देशका धेरै स्थानमा गए राति र आइतबार (असार ८) बिहान वर्षा भएको छ । चितवनका केही क्षेत्रमा भारी वर्षा भएको छ । कालीखोलामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साना खोलामा आकस्मिका बहावको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“असार ८ गते बिहान २ बजे । हाल चितवन जिल्लास्थित कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने कालीखोलालगायत अन्य साना खोलामा आकस्मिक बहाव आउन सक्ने रहेकोले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।