चितवन विशेष

डेलिभरी गराउन भरतपुर अस्पताल आउँदै गरेकी रेनुका श्रीमान्, सासू र गर्भको शिशुसहित अस्ताइन्

Banner

चितवन,असार ७-

हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएका थिए। सोही कारण आज सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीसहित इभी माइक्रोमा भरतपुर अस्पताल आउँदै थिइन्। उनलाई आफ्नो दोस्रो सन्तान जन्माउने ठूलो धोको थियो। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासू र श्रीमान्‌का साथ चितवन हिँडेकी थिइन्।

रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर आउँदै थिइन । उनीहरूले चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो बस ठक्कर खाँदा गर्भको शिशुसहित तीनैजना सदाका लागि अस्ताए। उनीहरू तीनैजनाको त्यस दुर्घटनामा ज्यान गएको उनका आफन्त नवराज पहाडीले जानकारी दिए।

शनिवार बिहान १०ः१५ बजेको समयमा भएको उक्त दुर्घटनामा उनीहरूसहित ७ जनाले ज्यान गुमाएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१-००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३-००१ ज २९९ नम्बरको इभी माइक्रो एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा २४ जना घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>