अन्तर्राष्ट्रिय
भारतसँग युद्धविरामका लागि हामीले अनुरोध गरेको होइनः पाकिस्तान

काठमाडौं,असार ७-
पाकिस्तानले गत मे महिनामा दुई देशबीच भएको युद्धविराम आफ्नो अनुरोधमा भएको थियो भन्ने भारतको दाबीलाई अस्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतीय मिडियाले युद्धविरामका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर इशाक डारले भारतसँग अपिल गरेको भनी गरेको दाबी खण्डन गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘भारतको कारबाहीपछि पाकिस्तानले युद्धविरामको माग गरेको भन्ने दाबी हामी पूर्ण रूपमा अस्वीकार गर्छौं।’बरु भारत र पाकिस्तानबीच युद्धविराम ल्याउन साउदी अरेबिया र अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्पूर्ण घटनाले देखाउँछः पाकिस्तानले युद्धविरामका लागि कसैलाई पनि आग्रह गरेको छैन। १० मे २०२५ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक डारलाई फोनमा जानकारी गराए- यदि पाकिस्तान चाहन्छ भने भारत युद्धविरामका लागि तयार छ। पाकिस्तानले यसमा सहमति जनाएको मात्र हो।’