धार्मिक/सांस्कृतिक
आज योगिनी एकादशी
०

काठमाडौं,असार ७-
आषाढ कृष्ण पक्षको एकादशी अर्थात् शनिबार योगिनी एकादशी। पञ्चाङ्गमा शनिबार ५१ घडी एकादशी रहेको उल्लेख छ। सनातन धर्मावलम्बीमध्ये पनि स्मृति मान्नेका लागि शनिबार र वैष्णव सम्प्रदायका लागि आइतबार एकादशी मान्ने बताइएको छ।
वैष्णव परम्परामा एकादशीलाई भगवान् विष्णुको पूजाअर्चना गर्ने दिनको रूपमा लिइन्छ। वर्षमा पर्ने २४ वटा एकादशीमा भगवान् विष्णु अर्थात् नारायणको पूजाआराधना गर्ने परम्परा छ। उपवास बस्ने, नारायणको माहत्म्य सुन्ने र उनका मन्दिर गएर पूजाअर्चना गर्ने परम्परा छ।