समाचार

विनयी खोलाको डाइभर्सन अब नबन्ने, वैकल्पिक माग प्रयोग गर्न प्रशासनको अनुरोध

Banner

चितवन, असार ६-

दुम्किबासस्थित विनयी खोलाको फलामे पुल भाँचिदिएपछि बनाइएको अस्थायी डाइभर्सन अब नबनाइने भएको छ ।
पटक पटक बाढीले डाइभर्सन बगाएपछि दोहोर्याएर डाइर्भसन नबनाउने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भाविश्वर पाण्डेले जानकारी दिए ।

‘प्रशासनमा बसेको सरोकारवालाको टोलीले डाइर्भसन नबनाउने निर्णय गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ‘पुल निर्माण नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग गर्नुपर्छ।’ पुस यता आठ पटकसम्म डाइभर्सन भत्काएको छ । मालबाहक सवारी साधान बाहेक अन्य सवारी साधनलाई होङ्सीगेट–सर्दि–दुम्किबास–हुँदै दाउन्नेको सडक प्रयोग गर्न अनुरोध गरिएको उनले बताए । यस खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको उनले बताए । यद्यपि दाउन्ने खण्ड बन्द भएमा यो वैकल्पिक सडक पनि बन्द हुने उनले बताए ।

विनयी खोलामा पुल निर्माण नहुँदासम्म मालबाहक सवारी साधन यस सडक खण्डमा गुड्न पाउने छैनन् । दैनिक हजारौँ सवारी साधन गुड्न देशको मुख्य राजमार्गमा पुल भाचिँएको पनि छ महिना पुग्न लाग्यो । अहिलेसम्म बन्न सकेको छैन । नारायणगढ–बुटवल सडक खण्ड पूर्वि खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पुल निर्माण हुन अझै कम्तिमा एक साता लाग्छ । ‘२२ गते पुलको ढलान भएको छ । ढलान २५–२६ दिन राख्नुपर्ने हुन्छ’, उनले भने ‘सम्भव त असार १४ गते उद्घाटन गर्ने तयारी भएको सुनिएको छ।’ ठेकेरदार पक्षले समयमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>