चितवन विशेष
भरतपुरको सिजी ल्याण्डमार्कका तीन कर्मचारी पक्राउ, लाखौ रुपैयाँ घोटलाको आरोप
०

भरतपुर,असार ५-
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कका तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मल व्यवस्थापकको जिम्मा पाएका भारतिय नागरिक यान्ड्रु फरनान्डेजसहित तीन जना कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस्तै अर्का व्यवस्थापक माधव अधिकारी र लेखा शाखा प्रमुख प्रकाश सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई आज (बिहीबार) नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मलमा ४५ लाखबढि घोटला गरेको आरोपसहितको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । चौधरी ग्रुपले संचालन गरको सिजी ल्याण्डमार्क भरतपुर हाइटमा छ ।