चितवन विशेष
सुदिप पियाको निधनले नेपाली क्रिकेटलाई अपुरणीय क्षतिः क्यान

चितवन, असार ४–
नेपाल क्रिकेट संघ (क्यान)ले चितवन क्रिकेट संघका अध्यक्ष स्वर्गीय सुदिप पियाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
आज स्वर्गारोहणको पाँचौं दिन क्यानका केन्द्रीय उपाध्यक्ष रोशन कुमार सिंह, कोषाध्यक्ष पदमबहादुर खड्का, केन्द्रीय सदस्य दुर्गाराज पाठक, अर्जुन पौडेल, क्यान लुम्बिनी प्रदेशका कार्यावाहक अध्यक्ष, कर्णाली प्रदेश उपाध्यक्षलगायत क्रिकेट संघका टिम पियाको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो । क्यानले पियाको निधनमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
श्रद्धाञ्जली अर्पण गर्दै क्यानका उपाध्यक्ष सिंहले सुदिप पियाको निधनले चितवनको मात्र नभई नेपाली क्रिकेटमै अपुरणीय क्षति पुगेको बताउनुभयो । पछिल्लो समय चितवनमा ग्रासरुट क्रिकेटदेखि ठूला क्रिकेट प्रतियोगिता आयोजना गराउन पियाले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । श्रद्धाञ्जली सभामा क्यानका कोषाध्यक्ष खड्काले समवेदना पत्र वाचन गर्नुभएको थियो ।