खेलकुद

बिग बासको ड्राफ्टमा विपिनसहित नेपालका ६ खेलाडी

Banner

काठमाडौं, असार ४-

अस्ट्रेलियाको बिग ब्यास लिगको विदेशी खेलाडी ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन्। आगामी सिजनका लागि ड्राफ्ट सार्वजनिक गरिएको हो।

जसमा नेपालका सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद छन्। लामिछानेले यसअघि पनि लिग खेलिसकेका छन्। पछिल्ला सिजन भने उनी लिगमा आबद्ध थिएनन्।

ड्राफ्ट बिहीबार हुनेछ। यो ड्राफ्टका लागि खेलाडी स्वयम्ले आफ्नो न्यूनतम तलब राख्दै मनोनयन गरेका थिए।

यद्यपीले टिमले माथिल्लो श्रेणीमा छनोट गर्न सक्छन्। खेलाडीले श्रेणीअनुसार न्यूनतम १ लाख ३० हजार अष्ट्रेलियन डलरदेखि अधिकतम ४ लाख २० हजार अष्ट्रेलियन डलर तलब पाउनेछन्।

प्रत्येक टिमले कम्तिमा दुई र बढीमा तीन विदेशी खेलाडी छनोट गर्न सक्छन्। ड्राफ्टको अन्त्यसम्ममा टिममा तीन विदेशी खेलाडी हुनेछन्।

बिबिएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हीट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>