चितवन विशेष

मौलाकालिका सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

Banner

गैडाकोट,असार ४-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वनले जीविकोपार्जनका लागि महिला लक्षित पञ्चेबाजा तालिम प्रदान गरेको छ । गरिबी न्यूनीकरण गर्ने उद्देश्यले वनको कार्यक्षेत्रमा रहेका महिलाहरुको सशक्तीकरणका लागि पञ्चेबाजा तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन हुने तालिममा महिलाहरुले सनही, नरसिंहा, ढोलक, ट्याङ्को, झ्याली र दमाहा बजाउन सिक्नेछन् । तालिममा सहभागी महिलाहरुले पहिला बाजाको बारेमा जानकारी नभए पनि तालिममा सहभागी भएपछि बजाउन सक्ने आत्मविश्वास बढेको बताउँछन् ।
तालिममा सहभागी भएपछि बजाको बारेमा जान्ने र बजाउन सक्ने हुँदै गएको गैँडाकोट–१ की मञ्जु कुँवर क्षेत्रीले बताउनुभयो । सामुदायिक वनले महिला लक्षित कार्यक्रम दिएर आफूहरुको जीविकोपार्जनमा सहयोग पु¥याउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक दुर्गाबहादुर पुनले पछिल्लो समय पञ्चेबाजा बजाउनका लागि युवा तथा महिलाहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । १२ वर्ष अगाडिबाट पञ्चेबाजाको प्रशिक्षकको रुपमा धेरै समूह उत्पादन गरेको उल्लेख गर्नुहुँदै पुनले यस समयमा महिला र युवाहरुले प्रशिक्षण लिएर पञ्चेबाजालाई जीविकोपार्जनको माध्यम बनाएका बताउनुभयो ।

मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वनले बर्सेनि गरिबी न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु ल्याउने गरेकोमा ती कार्यक्रमहरु प्रभावकारी नदेखिएपछि यसपालि पञ्चेबाजा तालिम प्रदान गरिएको बताउनुभयो । उपभोक्तासँग प्रत्यक्ष जोडिने काम गर्दै वन र वातावरणको संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गर्दै आएको सापकोटाले बताउनुभयो ।

करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा दुई हजार तीन सय ५० परिवार सदस्य रहेका छन् । वनले दिएको पञ्चेबाजा तालिमले धार्मिक संस्कृतिक पहिचानलाई संरक्षण गर्दै आयआर्जन बढाउन समेत महत्वपूर्ण भूमिका खेल्नसक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>