क्रिकेट

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

Banner

काठमाडौं,असार ३-

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका बलर सन्दीप लामिछानेले एकै ओभरमा लगातार दुई विकेट लिएका छन्‌ । आफ्नो तेस्रो ओभरको बलिङमा लामिछानेले १२.२ र १२.३ ओभरमा स्कटल्याण्डको छैठौँ र सातौँ विकेट लिएका हुन्‌ । क्रमशः क्रिस्टोफर म्याकब्रिज शून्य र म्याथ्यू क्रसले १५ रनमा विकेट गुमाएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म १४ ओभरको खेलमा स्कटल्याण्डले सात विकेटको क्षतिमा ६८ रन जोडेको छ । लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका छन्‌ । ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>