देश/प्रदेश

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

Banner
महोत्तरी,असार ३-
जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो ।
चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९/८० मा ३७ हजार १५० थियो । “सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशी भन्नुहुन्छ, “ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।” सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उहाँको भनाइ छ ।
कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरु बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पार्नुभयो । चालु आवमा दुई करोड रु ३३ लाख ६१ हजार ५०४ राजस्व सङ्कलन भइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>